अस्पतालकाे पाचाैँ स्थापना दिवसकाे अवसरमा खुर्कोटमा बृहत रक्तदान



सिन्धुली । रगतको अभाव कम हुन नदिन सिन्धुलीको खुर्कोटमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल रेडक्रस सोसाइटी रामेछापसँगको सहकार्यमा शुभ जीवन अस्पतालले आज रक्तदान कार्यक्रम गरेको हो ।

अस्पतालको पाचौं बार्षिकोत्सवको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन ।

रक्तदान कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थित रहेको थियाे।

खुर्कोट र गोलन्जोर क्षेत्रमा रगत अभाव हुँदा सिन्धुलीबाट रगत ल्याउनुभन्दा रामेछापबाट नजिक पर्ने भएकाले आज संकलन भएको रगत रेडक्रस शाखा रामेछापमै राखिने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले

सिन्धुलीमाढी। मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका  एम्बुलेन्स प्रदान गरेको छ ।  आज एक कार्यक्रमका बिच मारुती सिमेन्ट प्रालि का

सिन्धुलीमाढी। तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा हरिहरपुरगढी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।