
सिन्धुलीका लोकप्रिय सर्जक एवम् गायक श्याम अधिकारीको पछिल्लो गीत सार्बजनिक भएको छ ।
अधिकारीको परदेशी बाध्यता र बिवस्ताको को कारण पर्देशिन्छ र छुट्टी नपाएको कारण दशैँ तिहार मान्न गाउँघर आउन पाउंदैन, यस्तै पिंडालाई समेटेर दशैँ संग सम्बन्धित गीत “टिका थालीमा” बोलको गीत बजारमा ल्याएका छन् ।
गीतमा लयशब्द श्याम अधिकारीको रहेको छ भने स्वर श्याम अधिकारी र स्मृति गौतमको रहेको छ । गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, भुवन चौलागाईं, रेशम के.सी र शुसिला कार्कीको आकर्षक अभिनय गरेका छन । भिडियोको निर्देशन सानु के.सी ले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन बिनोद बमले गरेका थिए ।
“टिका थालीमा” बोलको गीतको म्युजिक भिडियोलाई सुनाखरी मल्टिमिडिया नामको युट्युब च्यानल सार्बजनिक गरिएको छ ।
अधिकारीका यस अघि ए ठुली, छुट्यौं रुँदै रुँदै रातो कलरको स्कुटर, आउदिन दशैंमा लगाएतका गीतहरु बजारमा आइसकेका छन् ।
भिडियो