माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारबारे निर्णय गर्न सकेन



नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी कमिटी बैठकले सरकार विस्तारका बारेमा केही पनि निर्णय गरेन ।

पेरिसडाँडामा आज बसेको बैठकले मन्त्रिपरिषद् विस्तारबारे कुनै निर्णय नगरेको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा आगामी राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल केन्द्रित भएको थियो ।

‘तल्लो तहबाट सम्मेलनमा कसरी प्रतिनिधित्व गराउने भन्नेबारेमा छलफल भयो’, उनले भने, ‘प्रदेशको सम्मेलनका बारेमा पनि छलफल भएको थियो । मोटामोटीको सम्मेलनमा एकरूपताका बारेमा छलफल भयो ।’ माओवादी केन्द्रले आगामी पुस महिनामा राष्ट्रिय सम्मेलन गर्दै छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाँडै नै गठबन्धनको बैठक बसेर मन्त्रिपरषिद् विस्तार गर्ने जानकारी गराएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर