
सिन्धुली । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगरपालिका दोस्रो नगर भेला विष्णु फुयाँल को अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
शिक्षकहरूको भेला ले अध्यक्ष विष्णु फुयाँल लाई सर्व सहमत रूपमा चयन गरेको हो ।
त्यसै गरी महिला उपाध्यक्ष सुशीला सुनुवार चयन भएकी छिन । यता उपाध्यक्ष शैलेन्द्र घिमिरे सचिव दीपेन्द्र कुमार थापा र कोषाध्यक्ष दुर्गा भुजेल लाई चयन गरेको छ भने सह-सचिव मन्दिर बराल एवम् सह-कोषाध्यक्ष सुनिता अधिकारी चयन भएकी छन् । भेलाले २६ सदस्यीय नयाँ कार्यसमिती समेत मनाेनयन गरेकाे छ ।