पूर्वमन्त्री पहाडीले गरे, रत्नगंगा मावि सोखुडिहिटारको नवनिर्मित भवन उद्घाटन



सिन्धुली । पूर्व सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री एवम् सिन्धुली क्षेत्र नं. १ प्रतिनिधीसभा सदस्य गणेश कुमार पहाडीले रत्नगंगा माध्यामिक बिद्यालय सोखुडिहिटारको नबनिर्मित भवनको उद्घाटन गरेका छन् ।

फिक्कल गाउँपालिका -६ सोखुडिहिटारमा नर्बे सरकारकारको आर्थिक सहयोगमा नबनिर्मित बिद्यालय भवन मन्त्री पहाडीले आज एक कार्यक्रमका विच उद्घाटन गरेका हुन।

नर्बे सरकारकारको सहयोगमा तीन करोड बत्तिस लाखमा आठ कोठे र सत्तरी लाखमा चार कोठा गरी दुई बिद्यालय भवन निर्माण सम्पन्न भएको बिद्यालय ब्यबसथापन समितीका अध्यक्ष रामप्रसाद भण्डारीले जानकारी दिए । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष भण्डारीका अनुसार हाल बिद्यालयमा दुई सय पच्पन्न जना विद्यार्थी अध्यनरत छन् भने,१३ शिक्षक शिक्षिकाहरु रहेका छन।

उद्घाटन समारोहमा फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्की , प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, वडा अध्यक्षहरु टेकबहादुर रजन,राजु बराल र खड्ग नेपालीको सहभागिता रहेको थियो ।

त्यसैगरी नेपाली कांग्रेस फिक्कलका पूर्वसभापती दिलनाथ पहाडी शिक्षक संगठन अध्यक्ष ठाकुर फुयाल शिक्षक संगठन जिल्ला सदस्य नरेश पहाडी एमाले नेता विष्णु पहाडी र कुलेन्द्र रानामगर लगाएतको उपस्थिती थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले

सिन्धुलीमाढी। मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका  एम्बुलेन्स प्रदान गरेको छ ।  आज एक कार्यक्रमका बिच मारुती सिमेन्ट प्रालि का

सिन्धुलीमाढी। तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा हरिहरपुरगढी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।