
खनियाँखर्क । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेले वडा कमिटि गठन गरेको छ ।
शनिबार रतनचुरमा आयोजित बृहत वडा भेलाबाट निर्मल कुमार रम्तेलको अध्यक्षतामा ४९ सदस्यीय वडा कमिटि निर्माण गरिएको छ ।
कार्यक्रम एमाले केन्दीय सल्लाहकार सदस्य केशव प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको थियो ।
विगतमा पार्टीका विभिन्न पङ्क्तिमा काम गरेर योग्दान पुर्याएका व्यक्तित्वहरु लाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा एमाले सिन्धुलीका जिल्ला सदस्यहरु कर्णबहादुर आले, गोविन्द लुङ्गेली लगाएत नेताहरुको उपस्थिति रहेको थियो ।