एमालेले स्थानीय निर्वाचनमा गुमाएको विरासत फिर्ता लिनुपर्छः देवकोटा



सिन्धुली । नेकपा एमाले केन्द्रीय सल्लाहकार कमिटि सदस्य केशव प्रसाद देवकोटाले एमालेले स्थानीय निर्वाचनमा गुमाएको विरासत फिर्ता ल्याउनुपर्ने बताए ।

नेकपा एमाले गोल्न्जोर गाउँपालिका -५ रतनचुरमा शनिबार आयोजित बृहत वडा भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका देवकोटाले सो कुरा बताएका हुन्।

एमालेको गोल्जोर गाउँपालिकामा राम्रो संगठन र जनाधार हुँदाहुँदै पनि चुनावमा पराजित हुनुपरेको भन्दै, अब आउने स्थानीय निर्वाचनमा गुमेको विरासत फिर्ता ल्याउने बताएका हुन।

उनले भने, हामी भित्र कै केही कमी कमजोरीले एमालेको बर्चस्व रहेको वडा नं.५ रतनचुरा र ६ बाशेश्वरमा नेतृत्व विहिन भएका छौँ । अब हामीले एक मन एकताका साथ एमालेको सुदृढिकरणमा लाग्नु पर्छ । तव मात्रै गोलन्जोर गाउँपालिकामा एमालेको सरकार बन्ने छ ।


त्यसैगरी सिन्धुलीमाढी बसेर गोलन्जोर गाउँपालिकाको नेतृत्व लिने दिवा सपना नदेख्न समेत अग्रह गरे । केही साथीहरु सदरमुकाम केन्द्रित हुनुहुन्छ, तर अवसर लिनको लागि गोलन्जोर आउनुहुन्छ । त्यसैले एमाले कमजोर भएको उनको भनाई रहेको छ । अब अवसरको लागि हैन जनताको दैलो देख्ने नेतालाई पार्टीले नेतृत्व र उम्मेरद्बार बनाउने जिकिर गरे ।

साथै,एमालेले नेकपाको निरन्तरताको सकारात्मक विरासत बोकेको बताए । नेकपाको एकता निष्कर्षमा पुग्न नसकेपछि हामी एमालेका रूपमा क्रियाशील छौं । तर, यो नेकपा एमाले राजनीतिकरूपमा एकीकरण र नेकपाको निरन्तरतासहितको सकरात्मक विरासत बोकेको पार्टी हो । उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर