कांग्रेस,माओवादी सिन्धुलीको बिकासका बाधक हुनः देवकोटा



सिन्धुली । नेकपा एमाले केन्द्रीय सल्लाहकार समिती सदस्य केशव प्रसाद देवकोटाले कांग्रेस र माओवादी सिन्धुलीको बिकासका बाधक भएको बताए ।

देवकोटाले नेकपा एमाले गोल्न्जोर गाउँपालिका -५ रतनचुरमा शनिबार आयोजित बृहत वडा भेलालाई सम्बोधन गर्दै, सो कुरा बताएका हुन्।

अहिले कांग्रेस र माओवादीको नेतृत्वमा परामदेश बाट बनेको सरकारले केपी ओली सरकारको पालमा सिन्धुलीका ९ सडक आयोजना निर्मणको लागि विनियोजन गरेको बजेट रोकेको भन्दै उनीहरु सिन्धुलीको विकास विरोधी भएको बताए ।

गोलन्जोर गाउँपालिकाको भाग्य र भविष्य बोकेको खनियाँखर्क- बाहुनतिल्पुङ्ग-महादेवडाँडा हुँदै उदयपुरको जौबारी जोड्ने तथा सुलिभञ्ज्याङ्ग- धापचौकी- भिमस्थान बेलघारी हुँदै भिमान जोडिने आाजाद मार्गको बजेट सहित अन्य ७ सडक आयोजनाको बजेट रोकेर बिकास विरोध काम गरेको उनको भनाई छ।

एमाले सरकारले ल्याएको नयाँ–नयाँ योजना र कार्यक्रम देखेर विरोधीहरुको सातो उडेको भन्दै देवकोटाले भने, ‘विकासमा बाधक बनेका कांग्रेस र माओवादीले गरेको कर्तुत जनातालाई प्रष्ट पार्नुपर्छ । गाउँगाउँ बाट उनीहरको भण्डाफोर गर्नुपर्छ ।

गोलन्जोर र समग्र सिन्धुलीको बिकासको नेतृत्व एमालेले मात्रै गर्ने र सम्भव पनि भएकाले अन्य राजनितिक दलका खरानी धसेका नयाँ जोगीहरुबाट जनाताहरुलाई जोगिन आग्रह समेत गरे ।

एमाले सँग देश विकासको सु-स्पष्ट निती भिजन भएकाले त्तकालिन प्रधानमन्त्री मोनमोहन अधिकारीको पालमा शूरुवात भएको आफ्नो गाउँ आफै बनाउँ र बृद्धा भत्ता र समाजिक शुरक्षा भत्ता वितरणको शूरुवात भएको थियो । एमालेले शूरुवात गरेको यी नमुना र जनताको मन मस्तिष्कमा बसने काम गरेकाले विस्तार सबै नागरिक एमालेमा गोलबन्ध हुने समेत बताए ।

यो पनि पढ्नुसः

यी हुन् अर्थमन्त्री जनार्दन शर्माले बनाउन रोकेका सिन्धुलीका सडक आयोजना (सूचीसहित)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स