सिन्धुलीका ७ इन्टरनेट सेवा प्रदायकले दिए,पोल भाडा सम्झौता गर्न निवेदन



सिन्धुलीमाढी । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच विद्युत् पोल प्रयोगको भाडासम्बन्धी विवादले चरम रुप धारण गरेको छ । बढाएको दरअनुसार पोल भाडाको सम्झौता नगरेपछि प्राधिकरणले देशभर इन्टरनेटको तार र अप्टिकल फाइबर काट्न सुरु गरेको छ ।

प्राधिकरणले १५ असोज भित्र सम्झौता नगर्ने इन्टरनेट सेवाप्रदायकको तार काटिने सूचना जारी गरेको थियो । तर, सिन्धुलीका दश इन्टरनेट सेवा प्रदायक मध्ये सात ले पोल भाडा सम्झौताको लागि नेपाल बिद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रमा  निवेदन दिएका छन्।

प्रकृती नेटवर्क प्रा.लि.सिन्धुली, युनाइटेड नेटवर्क प्रा.लि. बर्दिबास, वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड,एरोनेट प्रा.लि., श्री ओम केवल नेटवर्क प्रा.लि. भीमान, एन.सेल प्रालि. कृष्णटावर काठमाडौं र नेपाल टेलिकमले सम्झौताको लागि निवेदन दिएको नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख बिनोद अधिकारीले सिन्धुली दर्पणलाई जानकारी दिए।

इन्टरनेट सेवाप्रदायकहरुले गत शुक्रबार नै निवेद दिएका छन् । उनिहरुको बिस्तार क्षेत्रको आधारमा सम्झौता गरेर बाँकी रहेको बक्यौदा रकम उठाउने र सम्झौताको लागि नआउने  सेवाप्रदायकको लाइन काट्न सुरु गर्ने उनको भनाइ रहेको छ ।

सिन्धुलीमा इन्टरनेट वितरण गरेका दुधौली निशान केवल, भरोसा सहकारी संस्था र सुनकोशी केवल नेटवर्क प्रा.लि. खुर्कोट सम्झौताको लागि अझैपनि आएका छैनन् । उनीहरुलाई एक हप्ताको समय दिएको र समयमा सम्झौता गर्न नआएमा पोलमा राखेको तार काट्न शूरु गरिने नेपाल विद्युत प्राधिकारण सिन्धुली बितरण शाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स