
सिन्धुली । सिन्धुलीमाढीमा रहेका १५ फलफुल व्यावसायीहरुलाई किरा परेको जुनार राख्न प्लाष्टिक थौला वितरण गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई सिन्धुलीले सोमबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर प्लाष्टिक थौला वितरण गरेको हो।
जुनारको कारोबार गर्ने जुनार व्यापारीले समेत किरा नियन्त्रणका लागि सिन्धुलीमाढीका व्यापारीलाई कुहिएका जुनारलाई उचित व्यवस्थापन गर्न प्लाष्टिक वितरण गरिएको परियोजना कार्यान्वयन इकाई सिन्धुलीका बरिष्ठ कृषि बिकास अधिकृत देवराज अधिकारीले बताए।
औषा परेर कुहिएको जुनार जथाभावी फाल्दा त्यसको किरा पुन अर्को वर्ष जुनारमा देखिने भएकाले त्यसलाई व्यवस्थित गरि प्लाष्टिकमा प्याकिङ गरेर उचित व्यवस्थापन गर्न प्लाष्टिक वितरण गरिएको अधिकारीको भनाइ छ।
अन्तरक्रिया कार्यतक्रममा जुनार बिकास संघ सिन्धुलीका अध्यक्ष कर्णबहादुर आले, कन्दमुल तरकारी विकास केन्द्रका प्रमुख संजय धिमाल, कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत श्रीकृष्ण अधिकरी र सिन्धुली उद्योग बाणिज्य संघका महासचिव बीरबल चौधरी लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रम तरकारी बजार ब्यवस्थापन समितीका अध्यक्ष प्रयाग खतिवडाको अध्यक्षतामा भएको थियो