
सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् युथफोर्स उपप्रमुख पुष्पराज श्रेष्ठले सिन्धुली माओवादी नेता राजन दाहालको साम्राज्य नभएको बताएका छ ।
मंगलबार राष्ट्रिय युवा संघ र अनेम संघ हरिहपुरगढी गाउँपालिका स्तरीय बृहत भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन ।
माओवादी केन्द्रका नेता राजन दाहालले सिन्धुली आफ्नो साम्राज्य ठान्दै आएको र त्यहि अनुसारका गतिविधी गरेको भन्दै उनलाइ आफू मात्रै शक्तिशाली हुँ भन्ने घमण्ड त्याग्न आग्रह गरेका छन।
राजनीतिक झण्डामा शक्ति आर्जन गरेर सुनकोसीको गिट्टीबालुवा , मरिणको बालुवा र गाँजा लगाएतको अबैध कारोबार गरेर अपराधिक गतिविधिमा दाहाल सक्रिय रहेर शक्तिको चरम दुरुपयोग गरेको उनको भनाइ थियो ।
साथै उनले , आफू राजन दाहालले गरेको सबै अपराधी गतिविधिबारे जानकार रहेको भन्दै , उनले गरेका अपराधीक गतिविधि जनता माझ लैजान युवा संघ हरिहरपुरगढी गाउँपालिका कमिटी लाई आग्रह गरेका छन । दाहालले गरेका अपराधीक गतिविधि जनतालाई भन्दा एमाले कार्यकर्ता माथी धम्कि दिएमा आफै मैदानमा आएर सुरक्षा दिने समेत प्रतिवद्धता जनाए ।
एमाले नेता तथा कार्यकर्ता माथी धम्कि र आक्रमण गरेमा एक घण्टा भित्रमा देशभरका युवा संघ र युथफोर्सका साथीहरू सिन्धुली झिकाएर प्रतिकार गर्ने भएकाले ढुक्कसँग आफ्नो गतिविधि संचालन गर्न आग्रह गरे !