कसरी गर्ने सुन्तलाजात फलफूल खेतीमा आईपर्ने समस्या कत्ले कीरा र ध्वाँसे रोगको व्यवस्थापन



‘देख्दा सामान्य समस्या जस्तो लागेता पनि समयमै व्यवस्थापन नगरिएमा कत्ले कीरा र कालो ध्वाँसे रोगले जुनार तथा सुन्तलाजात फलफूल उत्पादनमा उल्लेख्य मात्रामा ह्रास ल्याउँदछ ।”

के हो त कत्ले कीरा र ध्वाँसे रोग?

कत्ले कीरा हेमिप्टेरा (Hemiptera) वर्गमा पर्ने एक स-साना कीरा हो । हल्का रातो खैरो रङ्गको यो कीराले आफ्नो मुख बिरुवाको हाँगा, पात तथा फलमा गाडेर बसेको हुन्छ । जुन कीरा सुन्तलाजात वर्गका फलफूलमा देखा पर्ने एक प्रमुख कीराको रुपमा देखा परेको कीराले जुनारको हाँगा, पात तथा फलबाट समेत अत्याधिक मात्रामा रस चुसी क्षती गर्ने प्रकृतिको हुन्छ । जस्ले गर्दा यो कीराले एक प्रकारको गुलियो पदार्थ (मधुरस) निष्कासन गर्दछ, जुन कालो ध्वाँसे रोग फैलनका लागि उत्प्रेरकको रुपमा रहन्छ ।


सुन्तलाजात बालीमा लाग्ने ध्वाँसे रोगको एक ढुसीजन्य रोग हो । जुन Capnodium citri नामक ढुसीको संक्रमणद्वारा लाग्ने गर्दछ । ढुसी फैलनको लागि कत्ले कीराले निष्कासन गरेको मधुरसले उत्पेरकको रुपमा काम गर्दछ । प्रथमत: यो रोगको विकासको लागि कत्ले कीराले निष्कासन गरेको मधुरसमा कमिला तथा अन्य स-साना कीराहरु आकर्षित हुन्छन र सोहि क्रममा तिनीहरुले विष्टाएको विष्टा र मधुरसमा ढुसीको विकास भई सोही क्षेत्रमा कालो पत्रले ढाकेको देखिन्छ, जसलाई ध्वाँसे रोग भनिन्छ । यो रोगको ढुसीले बिरुवा/बोटको पात, डाँठ र फलमा समेत ढाकी प्रकाश सश्लेषणमा बाधा पुर्याोउदछ, जसले गर्दा बिरुवाको वानस्पतिक वृद्धि र विकास तथा फलको आकार, तौल र गुणस्तरमा समेत ह्रास पुर्यादउँदछ।

कसरी गर्ने त कत्ले कीरा र ध्वाँसे रोगको व्यवस्थापन?


कत्ले कीरा र ध्वासे रोगको व्यवस्थापन गर्ने तरिका भिन्ना भिन्दै भएको हुनाले निम्नानुसारका व्यवस्थापनका उपायहरु अपनाउनु पर्दछ । यथार्थमा कत्ले कीराको संक्रमण कम भएमा ध्वाँसे रोगको प्रकोप न्यून हुन्छ ।

१. कत्ले कीराको व्यवस्थापनका लागि:

  • स्वस्थ तथा रोग कीरा मुक्त बिरुवाको मात्र प्रयोग गर्ने ।
  • कीराको वृद्दि र विकासको सुरुवाती अवस्था (चैत-जेष्ठ महिना) मा नै कीरा देखा परेका भागहरु हटाउने ।
  • बगैचाको नियमित अनुगमन गर्ने र कीरा लागेको देखा पर्नासाथ व्यवस्थापनका विभिन्न विधिहरु अवलम्वन गर्ने ।
  • मट्टितेल र साबुन पानीको घोल बनाएर छर्कने ।
  • पेट्रोलियम युक्त खनिज तेल (ATSO-Agriculture Tree Spray Oil) सर्वो तेल १2 मि.लि. प्रतिलिटर पानीमा मिसाई २-३ पटक कीराले आक्रमण गरेको भाग/बोटमा १५/१५ दिनको अन्तरालमा ३-४ पटक छर्कने ।
  • दैहिक किटनासक बिषादि जस्तै डाईमेथोयट ३०% ई.सी. (रोगर, माहारोगर, अनुगोर, तेजा, आदि) २ मि.लि. प्रतिलिटर पानीमा मिसाई कीरा लागेको भाग/बोटमा १५/१५ दिनको अन्तरालमा ३-४ पटक छर्कने ।

२. ध्वाँसे रोगको व्यवस्थापनका लागि

  • बोट बिरुवामा लागेको कत्ले तथा लाही कीराको नियन्त्रण गर्ने ।
  • हिउँद मौसममा बोटको काँटछाँट गरिसकेपछि ०.५-१.० % को वोर्डो मिश्रण पर्योग गर्ने ।
  • रोग देखा परेको बिरुवा वा बोटमा वर्षात् मौसमको अन्त्यतिर ०.५-१.० % को वोर्डो मिश्रण वा कपर युक्त ढुसिनासक बिसादी (कपर अक्सिक्लोराईड) २ ग्राम प्रति लिटर पानीमा मिसाई १५/१५ दिनको अन्तरालमा ३-४ पटक छर्कने ।

सुन्तलाजात फलफूलको कत्ले कीरा र ध्वाँसे रोगको समस्या व्यवस्थापनमा हाम्रो अनुभव
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वन एकाई, सिन्धुलीमा कार्य अनुभव कार्यक्रममा रहदा हामीले सुन्तलाजात फलफूल खेतीमा देखा पर्ने कत्ले कीरा र ध्वाँसे रोगको समस्या व्यवस्थापन परीक्षण कार्य गोलन्जोर गाउँपालिका वडा नं. ५, विजयछाप स्थित यो समस्याहरु देखा परेका २० बोट जुनारमा गरेका थियौँ ।

मिति २०७८/०४/२१ गते देखि २०७८/०५/२८ गते सम्म सञ्रालन गरिएको परीक्षण कार्यमा सर्वप्रथम कत्ले कीराको व्यवस्थापनको लागि २०७८/०४/२१ गते देखि १५/१५ दिनको अन्तरालमा ३ पटक प्रेट्रोलियम युक्त खनिज तेल (ATSO-Agriculture Tree Spray Oil) सर्वो तेल ७० मि.लि. ‌+ डाईमेथोयट ३०% ई.सी. (रोगर) ७ मि.लि. प्रति ७ लिटर पानीमा मिसाई छनौट गरिएका बोटहरुमा छर्केका थियौँ र यो कार्य सुरुवात गरेको ७ दिन पश्चात (२०७८/०४/२८ गतेबाट) ध्वाँसे रोग व्यवस्थापनको लागि कपर युक्त ढुसिनासक बिसादि (कपर अक्सिक्लोराईड) १० ग्राम प्रति ५ लिटर पानीमा मिसाई छनौट गरिएका बोटहरुमा १५/१५ दिनको अन्तरालमा ३ पटक छर्केका थियौँ ।

माथि उल्लेखित परीक्षण कार्य पश्चात् छनौटमा परेका संक्रमित बोट/बिरुवाहरुमा कत्ले कीराको संख्या करीब ८०% सम्म नियन्त्रण भएको पाईयो भने ध्वाँसे रोगको हकमा कालो पत्र ( ढुसी) ले ढाकिएको भाग उल्लेख्य रुपमा उप्किएर गएको पाईयो, जुन नतिजा प्राविधिक तवरले सन्तोषजनक मान्न सकिन्छ । तसर्थ सुन्तलाजात फलफूल खेतीमा देखा पर्ने कत्ले कीरा र ध्वाँसे रोगको समस्या व्यवस्थापनको लागि माथि उल्लेखित विधिहरु प्राविधिक एवम आर्थिक हिसाबले उपयुक्त भएकाले किसान वर्गहरुले अवलम्वन गर्नुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स