
सिन्धुली । उद्योगी व्यवसायीहरु सँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
“आजको स्वच्छ भोजन, भोलीको स्वस्थ जीवन” भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजनामा बिहिबार सिन्धुलीमाढीमा अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको हो ।
उद्योगी तथा व्यवसायीहरुसँग खाद्य स्वच्छता तथा गुणस्तर खाद्य अभिवृद्धि सम्बन्धी छलफल भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख प्रमोद चन्द्र पौडेलले सिन्धुली दर्पण लाई जानकारी दिए।
खाद्य सामग्रीलाई कसरी प्रयोग गर्ने, खाद्य सामग्री सम्बन्धी के कस्ता नियमहरु छन् र ति नियम लागु भएको छ, की छैन? भन्ने बारेमा जानकारी गराईएको उनले बताए।खाद्य सामग्री प्रयोग गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ? खाद्य सामग्रीको गुणस्तर कायम राख्न के गर्ने ? लागाएतका विषयमा छलफल भएको उनको भनाई रहेको छ।
डेरी उद्योग व्यवसायी, साना डेरी उद्योग व्यवसायी, पानी प्रशोधन उद्योग व्यवसायी, होटल, फास्ट फुड व्यवसायी, मिठाई पसल व्यवसायी, बेकरी उद्योग व्यवसायी लगाएतको सहभागिता रहेको थियो ।