१८ बर्षीय किशोरी स्वस्तिका बनिन्, कमलामाई नगरपालिकाको प्रमुख



सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा एक १८ बर्षिया किशोरी लाई एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्ति गरिएको छ ।‌

अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा उनलाई  नगरपालिकाको प्रमुखमा नियुक्त गरिएको हो । बालिका दिवसको अवसर पारेर एक दिनका लागि आर्थिक र प्रशासनिक काम बाहेकका कार्य गर्ने गरी  नगरप्रमुख नियुक्त गरिएको हो ।

नेतृतव र निर्णय परियोजना अन्तरगत नेतृतव हस्तानतरण  “डिजिटल पुस्ताः हाम्रो पुस्ता”भन्ने नारालाई सार्थक बनाउन प्लान इन्टरनेसनल नेपालको सहयोगमा जनजाती बिकास समाज सिन्धुलीले आयोजना गरेको कार्यक्रममा १८ वर्षीया स्वस्तिका बख्रेल नगर प्रमुखमा नियुक्त भएकी हुन् । दिनभरका गतिविधिमा प्रमुखको जिम्मेवारी सम्हाल्ने छिन् ।

बालबालिकाहरूले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् र नगरपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्ने विषयलाई बालबालिकालाई अनुभूत गराउन यस्तो जिम्मेवारी दिइएको हो।अन्तराष्ट्रिय बालिका दिवस मनाउने सन्दर्भमा एक दिन आर्थिक र प्रशासनिक अधिकार बहेक साङ्केतिक रूपमा नगरपालिकाको प्रमुख बनाइएको हो।  

आज बिहान ८ बजेबाट नगर प्रमुखको लागि छनौट भएकी बालिका बख्रेललाई जिम्मेवारी दिएको पत्र सहित पदभार ग्रहण गराइएको थियो ।सोही अवसरमा नवनियुक्त नगर प्रमुखलाई स्वागत गरेर निवर्तमान नगरप्रमुख खड्गबहादुर खत्रीले नेतृत्व हस्तान्तरण गरेका थिए ।

खत्रीले नवनियुक्त नगरप्रमुखलाई स्वागत “गर्दै भने  तपाँईलाई बधाई छ । सानै उमेरमा नगरप्रमुख हुने अबसर पाउनु भएकोमा  आगामी दिनमा यसैगरी नेतृत्व दाहि भुमीकामा देख्न पाउँ। जनताको समस्याहरु लाई पहिलो प्रथामिकतामा राखेर काम गर्नुस्”।उनले भने।

त्यसैगरी नवनियुक्त नगरप्रमुख बख्रेलले आफु बालबालिका हरु साइबर हिंसाबाट पिडित भएको भन्दै योजना नै बनाएर कायान्यनमा जाने प्रतिवद्धता जनाइन।त्यसैगरी उनले बालिकाको शिक्षा स्वास्थ र सुरक्षामा योजनाबद्ध रुपमा  बिकास र विस्तार गर्ने बताइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स