
सिन्धुली । नेकपा एमाले गोलन्जोर गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
गोलन्जोर गाउँपालिका -७ खुर्कोटको आजाद समृती भवनमा भएको अधिवेशनले सर्वसहमत रुपमा रेगन राज थापालाई अध्यक्ष चयन गरेको हो। थापा यसअघि पनि नेकपा हुँदा गोलन्जोर गाउँपालिकाको अध्यक्ष रहेका थिए ।
यता पदाधिकारीमा भने नयाँ अनुहार चयन भएका छन् ।
अधिवेशनले उपाध्यक्षमा चन्द्र खुलाल मगर , सचिवमा निर्मलकुमार रम्तेल, उपसचिवद्धयमा कुञ्जरमणी बराल र माधब प्रसाद बराल (मातृका) लाई चयन गरेको छ ।
त्यसैगरी अधिवेशनले ७५ सदस्यीय गाउँकमिटीको सदस्य समेत चयन गरेको छ ।