
सिन्धुली । नेकपा एमाले सुनकोसी गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न अधिवेशनले रोमनराज गिरी (अशोक) लाई सर्वसहमत रुपमा अध्यक्ष चयन गरेको हो । गिरी यसअघि पनि एमाले सुनकोसीको अध्यक्ष रहेका थिए।
अधिवेशनले समितिको उपाध्यक्षमा ज्ञानध्वज लामा, सचिव राजन रायमाझी, उपसचिव हेमा अधिकारी र शालिकराम थापा सिहत ६१ सदस्यीय पालिका कमिटीका सदस्यहरु समेत सर्वस्म्मत रुपमा चयन गरेको छ ।