
सिन्धुली। नेकपा एमाले तीनपाटन गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट छत्र बहादुर दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । दाहाल यस अघि पनि एमाले तीनपाटन गाउँ कमिटीको अध्यक्ष रहेका थिए ।
अधिवेशनले उपाध्यक्षमा कोमलबहादुर खपाङ्गी, सचिवमा पदममाया तामाङ, उपसचिवद्वय ईन्द्रबहादुर थापा र बरुण घिमिरेलाई चयन गरेको छ ।
अधिवेशनले ७५ सदस्यीय गाउँ कमिटीको सदस्य समेत सर्वसम्त रुपमा चयन गरेको छ ।