एमाले फिक्कलमा दोहोरीए भण्डारी, कमलामाई र दुधौली अन्योल



सिन्धुली। नेकपा एमाले फिक्कल गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा रामप्रसाद भण्डारीलाई चयन गरेको छ । भण्डारी यसअघि पनि एमाले फिक्कलको अध्यक्ष रहेका थिए।

यता उपाध्यक्षमा बैकुण्ठलाल पहाडी, सचिवमा जयप्रसाद न्यौपाने (बिपुल) रहेका छन् भने, उपसचिवद्वय विष्णुकुमारी बराल र विष्णु पहाडी निर्विरोध चयन हुनुभएको छ ।

त्यसैगरी नेतृत्वको आकांक्षी धेरै भएका कारण कमलामाई र दुधौली नगरपालिकाको बन्दशत्र जारी रहेको एमाले सिन्धुलीका सचिव शान्तिमान कार्की ले बाताए ।

उनका अनुसार सुनकोसी, मरिण,घ्याङलेक,गोलन्जोर र तीनपाटन गाउँपालिकाले सर्वसहमत रुपमा नयाँ नेतृत्व चयन गरेका छन ।

मंगलबार जिल्लाका ८ स्थानीय पालिकामा अधिबेशन भएको र हरिहरपुरगढीमा भने कार्तिक १३ गते अधिवेशन गर्ने एमालेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका