
सिन्धुलीका ७ पालिकामा नेकपा (एमाले)को अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आएका छन् ।
जिल्लाका ९ स्थानीयतह हरिहरपुरगढी बाहेकका ८ पालिकामा मंगलबार भएको अधिवेशनमा ७ पालिकाको नतिजा सहित सम्पन्न भएको छ।सम्पन्न नगर तथा गाउँ अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको एमाले सिन्धुली जिल्ला सचिव शान्तिमान कार्कीले बताए ।
नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य लक्ष्मण कार्की दुधौली नगर अध्यक्ष चयन भएका छन् । नगर अध्यक्षमा कार्की सर्वसम्मत चुनिएका हुन् ।एमाले दुधौलीको उपाध्यक्षमा सुकुमाया तामाङ ,सुमन चौधरी सचिव,उपसचवमा सचिव: रमेश कार्की र बिमल बिक रहेका छन्।
यसैगरी मरिण गाउँपालिकाको अधिवेशनले श्रीलाल माझीको नेतृत्वमा ७५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । एमाले जिल्ला नेता नारायण बरालका अनुसार गोलन्जोर गाउँपालिकाको अध्यक्षमा रेगनराज थापाको नेतृत्वमा ७५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । यसैगरी घ्याङलेक गाउँकमिटीको अध्यक्षमा चतुर्मान लो चयन भएका छन् ।
तीनपाटन गाउँपालिका कमिटीका अध्यक्ष छत्र दाहाल दोहोरिएका छन् । दोहोरो कार्यकाल पाउनेमा सुनकोसी गाउँपालिका कमिटीका अध्यक्ष रोमनराज गिरी (अशोक) र फिक्कल गाउँपालिकामा रामप्रसाद भण्डारी रहेका छन् ।
यता कमलामाई नगरपालिका कमिटीको नेतृत्व लिने आकांक्षिहरु धेरै भएका कारण बन्दशत्र जारी रहेको छ । कमलामाई नगरपालिकामा अन्तिम अवस्था सम्ममा सहमतिबाट नेतृत्व चयन हुन सकेन् । प्रमुख ४ पदमा एक भन्दा बढी आकांक्षी बनेपछि सहमतिबाट नेतृत्व चयन हुन नसकेको हो ।
निक्कै लामो रस्साकस्सि भए पनि अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव पदमा सहमति जुनट् नसकेपछि आज साझा १९ जनाले उम्मेदवारी जनाएका छन् । एक अध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । एक उपाध्यक्षको लागि ५ जना, एक सचिवको लागि ४ जना र दुई उपसतिवको लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
अध्यक्षमा केशरबहादुर नेपाली, हरिप्रसाद अधिकारी, उपाध्यक्षमा जंगबहादुर बराल, खड्गप्रसाद चौलागाई, बाबुराम थापा, मनोज कार्की, सुन्दर घिसिङ, सचिवमा रमा कार्की, कृष्णहरी घिमिरे, केदार देवकोटा, गोकर्ण भुजेल र उपसचिवको लागि प्रेम बहादुर बुढाथोकी, मक्कर बहादुर कार्की, सुवोध अधिकारी, राम बहादुर थिङ, सरोज थापा, सिता सत्याल, सुमित्रा आले र चित्रनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन ।
सहमतीबाट नेतृत्व चयनको लागि अन्तिम प्रयास गरिने र सहमती नजुटे मतदानबाट नेतृत्व चयन गरिने एमाले केन्द्रीय सदस्य उकमादेवी कोइरालाले जानकारी दिइन् । हरिहरपुरगढीमा भने कार्तिक १३ गते अधिवेशनको लागि मिती तय गरिएको छ।