
सिन्धुली । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत सिन्धुलीका नौ मध्ये आठ पालिकामा अधिवेशन सम्पन्न भएको छ । एक पालिकामा भने, कार्तिक १३ गते अधिबेशन गर्ने एमालेले जनाएको छ । कमलामाई नगरपालिकामा मंगलबार देखिएको विवाद शुक्रबार मिलेको छ ।
कमलामाईमा सहजीकरण कार्यदल संयोजक तथा एमाले अध्यक्ष प्रदीप कटुवालले शुक्रबार महेन्द्रदेव श्रेष्ठको नेतृत्वमा नगर कमिटीले घोषणा गरेका छन्। नगर कमिटीको उपाध्यक्षमा देबराज पौडेल र सचिवमा कृष्णहरी घिमिरे रहेका छन् । दुई जना सहसचिव सुन्दर घिसिङ र सिता सत्याल सहित ७५ सदस्यीय नगर कमिटी बनाइएको छ ।
यता हरिहरपुरगढी गाउँपालिकामा कात्तिक १३ गते अधिवेशन हुने छ ।