बागमती प्रदेशमा मन्त्रालय फुटाएर गठवन्धनलाई भागवण्डा मिलाउने तयारी



बागमती प्रदेशमा पाँच दलिय गठवन्धनलाई मन्त्रालयहरुको भाग पुर्याउनका लागि मन्त्रालयहरु फुटाउने तयारी भएको छ । बिहीबार मात्र सपथग्रहण गर्नु भएका प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय फुटाएर गठवन्धन दललाई भागवण्डा मिलाउन लाग्नु भएको हो ।
मुख्यमन्त्री पाण्डेले विस्वासको मत लिएर मात्र थप मन्त्रीहरु नियुक्त गर्ने तयारी थाल्नु भएको छ । तिहार लगतै विस्वासको मत लिने त्यसपछी मन्त्रीहरु नियुक्त गर्ने तयारी भएको हो ।

यसअघिनै सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय पनि छुट्टै वनाइएको छ । अब अरु मन्त्रालय पनि फुटाएर मात्र मन्त्रीपरिषद गठन गर्ने तयारी गरिएको हो । तिहार लगतै केही मन्त्रालयहरु फुटाएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी भएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले वताउनुभयो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्उवस्था कृषि तथा सहकारी मन्त्रालय फटाउने तयारी गरिएको हो । पाँच दलिय ठगवन्धनमा मन्त्रालयको भाग पुर्याउनकै लागि मन्त्रालय फुटाउन लागिएको हो ।

निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामासँगै बागमतीमा गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीको गठबन्धन सरकार निर्माण भएको छ । एकीकृत समाजवादीका नेता पाण्डेको नेतृत्वमा बनेको सरकारमा सहभागी कांग्रेसले सत्तारोहणलाई अवसर र चुनौती दुवैका रूपमा हेरेको छ ।

‘धेरै अवसर थोरै चुनौतीका रूपमा हामीले यसलाई लिएका छौं,’ कांग्रेस सचेतक छिरिङ दार्जे लामाले भभन्नुभयो, ‘प्रतिपक्षमा बसेर लामो समय सरकारले गरेका गल्ती, कमीकमजोरीलाई सूक्ष्म ढंगले औंल्याइरहेका थियौं । अब सरकारमै रहेर समस्या समाधान गर्न प्रयास गर्नेछौं ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स