एलपी ग्यासको मूल्य प्रति सिलिण्डर ५० रुपैयाँले बढ्यो



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले शुक्रबार रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटि्टतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साबिक प्रतिलिटर बिक्री मूल्यमा समान ३/३ रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य पेट्रोलको १३३ रुपैयाँ, डिजेलरमट्टितलको मूल्य ११६ रुपैयाँ कायम भएको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु। ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । उद्योगी व्यवसायीहरु सँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी  अन्तरक्रिया गरिएको छ । “आजको स्वच्छ  भोजन, भोलीको स्वस्थ 

नेपाल विद्युत् प्राधिकरणले आफ्नै पोलको भाडा माग्दा इन्टरनेट प्रदायक र केबल टिभी सञ्चालहरूले भने सरकारलाई ज्ञापनपत्र बुझाउँदै भाडा दर वृद्धि