
सिन्धुली । नेकपा एमाले सिन्धुलीले जिल्लाभरको आठ स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन सम्पन्न गरेको छ ।
जिल्लाका नौ स्थानीय पालिका मध्ये एमाले हरिहरपुरगढीको अधिवेशन आज हुँदै छ ।
पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा जिल्लाभर कात्तिक ९ गते पालिका अधिवेशन भएको थियो तर वडा अधिवेशन समयमा नसकिएको कारण हरिहरपुरगढीमा भने हुन सकेको थिएन ।
यता कमलामाई,दुधौली,तीनपाटन,फिक्कल,गोल्जोर,सुनकोसी,घ्याङलेक र मरिणमा पालिका अधिवेशन सम्पन्न भैसकेका छन्।