
राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी छन् । शनिबार बिहान उनले मुक्तिनाथ मन्दिरमा पुजाअर्चना गरेकी हुन् ।
पुजाअर्चनाका क्रममा राष्ट्रपति भण्डारीबाट मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन् ।
भण्डारी आजै बागलुङको ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जाने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी मुक्तिनाथको दर्शन भ्रमणका लागि शनिबार काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट त्यसतर्फ गएकी हुन् ।