बितिजोर कांग्रेसमा पहिरो सयौँको संख्यामा एमाले प्रवेश,मन्त्री पहाडीले गरे स्वागत



सिन्धुली। जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर–२ बितिजोरका नेपाली कंग्रेसका सचिव समेत रहेका ईश्वर हमाल,मोहन कार्की र बसन्त मल्ल सहित पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पूर्व सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री एमाले केन्द्रीय सदस्य एवं सिन्धुली प्रतिनिधि सभा क्षेत्र नं–१ का सांसद गणेश कुमार पहाडीले प्रवेश गराएका हुन् ।

नेकपा एमाले गोलन्जोर गाउँपालिका २ बितिजोरको प्रथम वडा अधिवेशनमा हमाल र कार्कीको नेतृत्वमा सयौँको संख्यामा कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै ईश्वर हामलले कंग्रेसले अंगालेका कतिपय कुरा आफुलाई मन नपरेको र एमालेले देश बिकासका निम्ति गरेका कार्यबाट प्रभावित भएकाले एमाले रोजेको बताए ।

नेपाली कांग्रेसको राजनितिमा लामो समय शक्रिय रहेका ईशवर हमाल र मोहन कार्की लगाएतको समुहले गत भदौ १८ गते भएको कंग्रेस वडा अधिवेशनमा वडा अध्यक्ष दौलत कार्कीले एक्लैटी ढंगले सदस्यता विस्तार र अधिवेशन गरेको भन्दै बहिस्कार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स