
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको पालिकाको प्रथम अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले मानबहादुर वाईवाको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प विजय राई, सचिवमा सत्यमान मोक्तान र उपसचिवद्धयमा चमारसिङ घलान र फुलीमाया अस्थानीमगर लाई सर्वसम्मत चयन गरेको छ ।