
नेकपा माओवादी केन्द्र सिन्धुली-काठमाडौं उपत्यका जनसम्पर्क मञ्च परित्याग गरि संगम वाईवाको नेतृत्वमा करिब २५ जना नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) सिन्धुली-काठमाडौं सम्पर्क मञ्चको शनिबार मित्रपार्कमा भएको प्रथम सम्मेलनको अवसरमा प्रवेश गरेका हुन्।
नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले नव प्रवेशीहरु लाई स्वागत गरेका थिए ।
कार्यक्रममा पोलिटब्युरो सदस्य तथा सम्पर्क समन्वय इन्चार्ज बिजय गरुङ, पोलिटब्युरो सदस्य तथा सिन्धुली इन्चार्ज गंगाप्रसाद नेपाल, केन्द्रीय निर्वाचन आयोग सदस्य डेकेन्द्र सुवेदी, केन्द्रीय परिषद सदस्य हरिकृष्ण ठकुरी, सम्पर्क समन्वय कमिटी सदस्य निर्माण पोखरेल, बागमती प्रदेश कमिटी सदस्य ईश्वर कुमार आचार्य, निर्मला श्रेष्ठ, नेता भानुहरी भण्डारी, कर्मचारी संगठन सचिव केदार अधिकारी, पेशागत महासंघ केन्द्रीय नेता तोम काफ्ले, जिल्ला कार्यालय सचिव विष्णु भण्डारी, बागमती प्रदेश सम्पर्क कमिटी उपाध्यक्ष खेलनाथ सिग्देल, सदस्यहरू खिलानाथ दाहाल, सानोबाबु घिमिरे, तीर्थ दाहाल, कुमार कोइराला, बिना आचार्य, भीम कुमारी बारकोटी, अनेरास्ववियूका उपमहासचिव दिनेश लो, जनसांकृतिक महासंघ केन्द्रीय सदस्य प्रितम पौडेल, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य भीम बुढाथोकी, युवा संघ जिल्ला उपाध्यक्ष रमेश थापालगायतको उपस्थिति रहेकाे थियो ।