फिक्कलको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न



सिन्धुली । फिक्कल गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।

साेमबार गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ र ०७८/०७९ को पहिलो चौानसिकमा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद न्यौपानेले बताएका छन् ।

फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा संचालन गरिएको थियो । सार्वजनिक सुनुवाईको मुख्य जवाफ कर्ता गाउँपालिका अध्यक्ष कार्की र प्रमुख प्रशासकीय अधिकृत रहेका थिए ।

कार्यक्रममा गाउँपालिकाका जिल्ला स्थित सुरक्षा निकाएका प्रमुखहरु, जनप्रतिनिधी तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।

फिक्कल गाउँपालिकाकाको आयोजना तथा सामुहिक सरोकार समाज सिन्धुलीको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण लामो समय देखि पारस्पारिक जवाफदेहिताको क्षेत्रमा क्रियाशिल अधिवक्ता एवम् प्रध्यापक नानीबाबु घिमिरेले गरेका थिए ।

कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर