
सिन्धुली । ऐतिहासिक सिन्धुलीगढीमा स्वर्गीय लोक गायक कृष्ण विक्रम थापाको पूर्ण कदको सालिक बन्ने भएको छ ।
सिन्धुली लाई “सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली मैई, कति न राम्रो दरबार” भन्ने गीतका माध्यमबाट देश विदेशमा चिनाउन सफल लोकगायक स्वर्गीय थापाको सालिक बन्ने भएको हो ।
कमलामाई नगरपालिका ले थापाको पूर्ण कदको सालिक बनाउन भन्दै ठेक्काको सूचना निकालेको छ । सूचना अनुसार अनुमानित १२ लाख ५० हजार लागत अनुमान भित्र उक्त सालिक बन्नेछ ।
२०३६ सालमा थापाले रेडियो नेपालमा रेकर्ड गरेको पहिलो गीत “सिन्धुली गढी घुमेर हेर्दा सुन्तली मैई, कति न राम्रो दरबार” अझै पनि उत्तिकै चर्चित छ ।
सिन्धुली जिल्लाको तत्कालीन रतनचुरा गाविसमा जन्मिएका लोकगायक कृष्ण विक्रमको निधन भने काठमाडौँमा भएको थियो ।