
नेकपा माओवादी केन्द्र गोलन्जोर गाउँपालिका कमिटी अध्यक्षमा केपी पोख्रेल र सुनकोसीमा दुधराज पुलामी दोहोरिएका छन्।
माओबादीको शनिबार भएको प्रथम पालिकाको अधिवेशनले पोख्रेल र पुलामीलाई सर्वसहमत रुपमा अध्यक्ष चयन गरेको हो।
अधिवेशनले पदाधिकारी सहितको ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।
यता मरिण गाउँपालिका कमिटीको अध्यक्षमा गोपाल बुढाथोकी निर्वाचित भएका छन्।भने तीनपाटन गाउँपालिका कमिटीको अधिवेशन शुक्रबार नै सम्पन्न भैसकेको थियो ।अधिवेशनले आनन्द कार्कीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरेको थियो।
अन्य पालिकाहरुको नतिजा आउने क्रम जारी रहेको छ।