कंग्रेस महाधिवेशनः कोइरालालाई एक भोटले पराजित गर्दै,देउवा पक्षीय ढकाल विजयी



नेपाली कांग्रेस सिन्धुली संघीय क्षेत्र नम्बर २ मा देउवा पक्षीय उम्मेदवार कुमार ढकाल एक मत अन्तरले निर्वाचित भएका छन् । ढकालले ३६२ मत पाएका छन् भने अर्का प्रतिस्पर्धी कपिल कोइरालाको ३६१ मत प्राप्त गरे ।

मत गणना हुँदा ११ मत फरक बाकसमा परेपछि धाँधली भएको भन्दै तीनदिन अघिदेखि मतगणना रोकिँदा नतिजा घोषणा हुन सकेको थिएन । कांग्रेस जिल्ला समिति र विजयी उमेद्वारहरुको रोहबरमा निर्वाचन समतिले शनिबार गणना हुन बाँकी रहेको ११ मतमा ढकालको ४ र कोइरालाको ६ मत रहेको थियो । एक मत खाली थियो ।

यसअघिको अन्तिम गणनामा ढकालको ३५८ र कोइरालाको ३५५ मत रहेको थियो । मुचुल्का उठाएर लाहाछाप गरी सुरक्षित राखेको मतपत्र गणना हुँदा एक मतले ढकाल विजयी भएको मतदान अधिकृत मनोज शाहले जानकारी दिए । विजयी ढकालले भने धाँधली भएको भन्दै मतगणना बहिष्कार गरेका थिए ।

नतिजा प्राप्त भएर विजयी भएका ढकालले लोकतन्त्रमा मतको कदर भएको बताए । सिन्धुलीका दुईवटै संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा देउवा पक्षीय उमेद्वारले जित हात पारेका छन् । संघिय क्षेत्र नं १ मा देउवा पक्षीय उम्मेदवार कर्णबहादुर थापामगर क्षेत्रीय सभापति पदमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी पौडेल पक्षीय पुष्पबहादुर कार्की रहेका थिए । दुवैजना उम्मेद्वार गाउँपालिकाका अध्यक्ष हुन् । क्षेत्रीय सभापति बाहेकको महाधिवेशन प्रतिनिधि ४८ जनामा भने संस्थापन र इतर पक्षको संख्या बराबरीजस्तै छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स