
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिकाको प्रथम सम्मेलनले जिल्लाका नौ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।
जिल्लाका नौ पालिकामा सर्वसमत पालिका संगठन कमिटीको नयाँ नेतृत्व चयन गरेको हो ।
कमलामाई नगरपालिकामा शेरबहादुर कार्की,दुधौलीमा दिपक खड्का,सुनकोशी गाउँपालिकामा दुधराज पुलामीको गोलञ्जोर गाउँपालिकाकामा केपी पाख्रेल र मरिण गाउँपालिकामा गोपाल बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यासमिती गठन गरेको जिल्ला संयोजक रामकुमार पौडेलले सिन्धुली दर्पणलाई जानकारी दिए ।
त्यस्तैगरी पौडेलका अनुसार, हरिहरपुरगढी गाउपाकिलामा कार्साङ लामा, घ्याङलेख गाउपालिकामा शंखरमान घलान र फिक्कल गाउँपालिकामा लोकेन्द्र कार्की निर्वाचित भएका छन।
यता तीनपाटन गाउँपालिकामा भने, शुक्रवार नै अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले आनन्द कार्कीको अध्यक्षतामा ५५ सदसीय समिति गठन गरेको थियो ।
तत्कालीन समयमा नेकपा (एमाले) सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवतरूपमा समिति बनाइएको हो । नेकपा माओवादी केन्द्रले पालिकाकालाई कार्यकारि र जिल्लालाई समन्वयकारी वनाएसँगै पालिका अधिवेशनलाई निक्कै महत्वका साथ हेरिरहेको छ ।