
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुलीको चौथो अधिवेशनले ३ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
शुक्रबार सिन्धुलीमाढीमा भएको अधिवेशनले रोहित गुरुङ्गको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा संजिव मगर , सचिवमा सरला सुनुवार, कोषाध्यक्षमा जिवी श्रेष्ठ, सहसचिवमा कल्पना भुजेल निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरुमा अन्जान रानामगर, श्रीमान तामाङ, लक्ष्मी श्रेष्ठ, पुष्पा सुनुवार, संगिता दिम्दोङ, विजय भोलन,जितेन्द्र दनुवार र ललिता हायूलाई चयन गरेको छ ।
नेपाल आदीवासी जनजाति महासंघ बाग्मती प्रदेशका अध्यक्ष काजीमान थिङ को प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।