
सिन्धुलीका युवा ब्यबसायी टलकबहादुर बुढाथोकिले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीलाई फूल सहितको गमला दिएका छन्।
कमलामाई नर्सरी फर्मका संचालक समेत रहेका बुढाथोकीले सिन्धुलीमाढी स्थित ट्राफिक चेक पोष्टमा राख्नको लागी फूल सहितको गमला दिएका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्णबहादुर केसीलाई २० वटा फूल सहितको गमला नर्सरीको तर्फबाट हस्तान्तरण गरिएको थियो।
नर्सरी संचालक बुढाथोकीले २५ हजार मुल्य बराबरको गमला सहितको फूल निशुल्क दिएका हुन्। उनले,बिरुवा मरेको खण्डमा समेत पुनः अर्को ल्याएर रोपी दिने समेत सिन्धुली दर्पण सँग बताए।