
सिन्धुली। कमलामाई नगरपालिका नगर प्रमुख खड्ग बहादुर खत्रीले निर्धारित समयमा स्थानीय तहको निर्वाचन नभएमा लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्।
अहिलेको गठबन्धन सरकार निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको भन्दै खत्रीले शनिबार पत्रकार सम्मेलन गरेर जनताको मताधिकार लाई कुण्ठित गर्ने, सरकार बिहिन स्थानीय तह बनाउने, म्याद थप्ने जस्ता बिषयले लोकतन्त्र खतरमा पर्ने उनको भनाई रहेको छ।
निर्वाचन “लोकतन्त्रको सुन्दर पक्ष हो । नेपालको संबिधान २०७२ ले स्थानिय तह जनप्रतिनिधी विहिन राख्ने गरेको छैन । त्यसैले कुनै पनि बाहानामा स्थानीय तहको निर्वाचन सार्ने कार्य बिल्कुलै बेठिक छ। उने भने,
साथै जनताले आफ्नो अधिकार संविधानको मुल मर्म अनुसार नै प्रयोग गर्ने गरि नै समय मै स्थानीय तहको निर्वाचन गराउने बाताबरण बनाउन निर्वाचन आयोग र नेपाल सरकार सँग खत्रीले अपिल समेत गरे।