
सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम तथा व्यवसाय सचेतना तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा माघ ४ गते देखि माघ १० गते सम्म सञ्चालित सात दिने तालिमको सोमबार समापन गरिएको हो ।
तालिममा उद्यमशील व्यवसायीहरू आफूमै आत्मनिर्भर बन्न तालिम सिकेर आफूलाई कस्तो व्यवसाय गर्दा फाइदा हुन्छ भनेर व्यावसायिक योजना निर्माण गर्नुका साथै बेरोजगारी भएर बिदेसिने युवा शक्तिलाई स्वदेशमै रोजगारीको अवसर दिलाउने उद्देश्य रहेको कार्साङ लामाले जानकारी दिए ।
हरिहरपुरगढी गाउपालिका वडा नम्बर ६ र वडा नम्बर ३ का तीस जना उद्यमी व्यवसायीहरूको उपस्थित रहेको थियो ।