
सिन्धुली । सिन्धुलीमा कोभिड विरुद्धको दोस्रो डोज भ्याक्सिन लगाउन सुरु गरिने भएको छ ।
दोस्रो डोज कोभिशिल्ड भ्याक्सिन बैशाख ७ गते देखि संचालन गरिने भएको छ ।
सिन्धुलीको ९ वटा स्थानीय तहहरु बाट नै खोप सेवा दिइने जिल्ला स्वास्थ्य कार्यालय सिन्धुली ले जनाएको छ ।कमलामाई नगरपालिका को सिन्धुली अस्पताल, दुधाैली नगरपालिकाको दुधिली स्वास्थ्य चौकी, मरिणको कपिलाकोट स्वास्थ्य केन्द्र बाट खोप लगाउन सकिने छ ।
त्यसै गरी हरिहरपुरगढी को गाउँपालिका कार्यालय झनझने, घ्याङ्लेखको बस्तीपुर स्वास्थ्य चौकी, सुनकोसीको झागाझोली रातमाटा स्वास्थ्य चौकी भने, गोलन्जोरको ग्वाल्टार स्वास्थ्य चौकी, फिक्कलको गाउँपालिका भवन खाङ्साङ र तीनपाटनको लाम्पान्टार प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप सेवा दिइने छ ।
पहिलो चरण अन्तर्गत पहिलो लटमा १ हजार ९९ जना र दोस्रो लटमा १ हजार ७० जनालाई कोरोना विरुद्धको खोप लगाइएको थियो ।