
कोभिडको कारण अभिभावक गुमाएका बालबालिकाहरूलाई सिन्धुलीको मरिण गाउँपालिकाले मासिक भत्ता दिने भएको छ ।
पालिकाले कोभिडको कारणले बुबाआमा दुबै गुमाएका १८ वर्ष मुनिका बालबालिकालाई मासिक तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ । वाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम अनुसार बालबालिका लाई सामाजिक सुरक्षा भत्ता दिन लागेको हो।
समाजिक सुरक्षा भत्ता लिनको लागि बालबालिकाको जन्मदर्ता प्रमाणपत्र वा नागरिकताको प्रतिलिपि तथा बुबाआमा दुवैको मृत्यु दर्ता , कोभिड –१९ को कारणले भएको भन्ने व्यहोरा खुल्ने अस्पतालबाट प्रमाणित कागजात र सम्बन्धित वडा कार्यलयले दिएको सिफारिस सहितको कागजातहरू ७ दिन भित्र गाउँपालिकामा पेश गर्नु पर्नेछ।