
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको रिक्त रहेको महिला सदस्यको उम्मेद्वार निरुकुमारी दर्लामी (कँवर) पराजित भएकी हुन ।
संविधान सभा सदस्य समेत नेकपा एमालेकी केन्द्रिय सदस्य निरु कुमारी दर्लामी ( कुवँर) लाई सत्ता गठबन्धनका उम्मेद्वार गोमादेवी तिमल्सिनाले पराजित गरेकी हुन् ।
सत्ता गठबन्धन बाट उम्मेद्वार बनेकी नेकपा एस की तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार र प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कुल ४ हजार ८२४ मतभार प्राप्त गरेकी थिइन् । भने पराजित विपक्षी दल नेकपा एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २५६ मतभार प्राप्त गरिन् । उनले कुल ४ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन् ।
त्यसैगरी, अन्यतर्फ पौडेलले चार हजार ७९४ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गोपाल शाक्यले चार हजार ३४४ मत प्राप्त गरेको पोखरेलले बताउनुभयो । दुईवटै क्लस्टरमा ६ जनाको उम्मेद्वारी परेको थियो ।