
सिन्धुली । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारण गोलन्जोर गाउँपालिका ले साप्ताहिक हाट बजार बन्द गर्ने भएको छ ।
कोरोना भाइरसले विश्व मानव समुदायमा धेरै मानवीय क्षति भएको र सोही सन्दर्भमा हाल युके भेरियन्ट कोरोनाले दोस्रो चरणले महामारीको रूप लिँदै गरेको अवस्थालाई मध्यनजर खनियाँखर्क खुर्काेट ग्वाल्टार र च्याकुटार बेसीमा लाग्ने साप्ताहिक हाट बजार बन्द गर्ने जनाएको हो ।
साथै २५ जना भन्दा बढी उपस्थित हुने कार्यक्रम तथा गतिविधि नगर्नु नगराउनु हुन आग्रह गरेका छ ।
गाउँपालिका क्षेत्रमा रहेका विद्यालय, सरकारी तथा गैर सरकारी सङ्घ, संस्था, सम्बद्ध निकायका कर्मचारी र अन्य महानुभावहरूलाई सेवा प्रवाह, सामाजिक गतिविधि गर्दा स्वास्थ्य संबेदनशिलता लाई समेत ध्यानमा राख्दै सेवा आदान प्रदान निर्देशन दिएको छ ।