
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार सिन्धुली जिल्लाको जनसंख्या तीन लाख एक सय सत्रह पुगेको छ ।
केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार जिल्लाको कुल जनसंख्या तीन लाख एक सय सत्रह पुगेको हो ।
सिन्धुलीमा पुरुषको तुलनामा महिलाको संख्या बढिरहेको देखिन्छ। एक लाख बाउन्न हजार चार सय उनान्साठी महिला रहेका छन् भने, एक लाख सत्चालीस हजार छ सय अन्ठाउन्न पुरुषको संख्या रहेको छ। लैंगिक अनुपात ९६.८५ रहेको छ । पुरुष भन्दा चार हजार आठ सय एक ले महिलाको संख्या बढी रहेको छ।
राष्ट्रिय जनगणना २०६८ अनुसार सिन्धुलीको जनसंख्या दुई लाख छयान्नब्बे हजार एक सय बयानब्बे रहेको थियो । प्रारम्भिक नतिजा अनुसार हालः तीन हजार नौ सय पच्चीसले बढेर तीन लाख एक सय सत्रह पुगेको छ। यसको अनुपातमा जिल्लाको जनसंख्या वृद्धिदर ०.१३ प्रतिशत रहेको छ ।
त्यसैगरी, जिल्लाका नौ स्थानीय तह मध्ये कमलामाई नगरपालिकामा सबै भन्दा बढी जनसंख्या रहेको छ भने सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा सबैभन्दा कम रहेको छ । प्रारम्भिक नतिजा अनुसार कमलामाई नगरपालिकामा एकहत्तर हजार आठ सय एघार रहेको छ। भने, घ्याङ्लेक गाउँपालिकामा बाह्र हजार सत सय एक जना रहेका छन् ।
सिन्धुलीमा उनान्सत्तरी हजार चार सय नौ परिवार संख्या रहेको छ भने जन घनत्व प्रति बर्ग किलोमिटर १२० जना रहेको छ ।
सिन्धुली जिल्लाको विस्तृत नतिजा तल राखिएको छ।
popu_sindhuli2078-converted