अटेरी व्यापारी, अन्धो ! नगरपालिका 



जिल्ला सदरमुकाम सिन्धुलीमाढी  बजारका सडकपेटीमा सामान राख्नु यहाँका व्यापारीको परम्परा नै हो, जस्तोः देखिन्छ । 

नियमन गर्ने निकाय कमलामाई नगरपालिकाले आँखा चिम्लिएपछि व्यापारी झनै हौसिएका छन् । बजारका सडकपेटीमा सामान राख्ने, निर्माण सामाग्री राख्ने र फुटपाथमा व्यापार गर्नेलाई नगरपालिकाले कारबाही गर्न सक्ने अधिकार छ । उसको कर्तव्य पनि बजार व्यवस्थित गर्नु हो । तर, सिन्धुलीमाढी स्थित नगरपालिका कार्यालय देखि  २० मिटर दक्षिण पूर्वमा  स्टल बजार र १ नं बजारको बिच भागमा रहेको भेटनरी चोकमा  सडक किनारमा  रहेका पसलहरूले   नगरपालिकालाई गिज्याइ रहेको छ।

हो, सूचना! जानकारी !! चेतावनी !!! कमलामाई नगरपालिकाको क्षेत्र भित्र सडक तथा सडक पेटी अतिक्रमण गरी फलफूल, तरकारी र व्यापारिक प्रयोजनका सर सामानहरू राखी बेचविखन गर्न निषेध गरिएको छ । त्यस्तो कार्य भए गरेको पाए कानून अनुसार कारवाही गरिने छ। भन्ने  होर्डिङ बोर्ड राखिएको छ। तर   नगरपालिकाले होर्डिङ बोर्ड राखेको  सडक किनारमा  दायाँ बायाँ नै व्यापारीहरूले  पसल राखेर चुनौति दिएका छन्। नगरपालिकालाई कुनै फाइदा भएको छैन् । तर, व्यापारीलाई भने  फाइदैफाइदा भएको छ ।

नगरपालिकाको लापरबाही र व्यापारीको मनोमानीले जस्तै भएको छ । बजारको सडक पेटीमा भएका फुटपाथ  पसलहरू हटाउनको लागि नगर प्रहरी दैनिक त्यही बाटो ओहोरदोहोर गरिरहेका हुन्छन ।तर, कहिल्यै नगर प्रहरीका नजर परेको देखिदैन।

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल पनि व्यापारी नै अटेरीले बनेको स्वीकार गर्छन् । उनले भने, नगरपालिकाले विभिन्न समयमा माइकिङ्ग गरेर सडकपेटीमा सामान नराख्न भनेका छौं तर व्यापारीले टेर्दैनन् । अब, संस्कारको  रुपमा विकास गरेर लगे मात्रै सफल हुने बताए।  नगर प्रहरी समय समयमा पठाएका छौँ  तर पनि झारा टार्ने जस्तै भएको उनको भनाई छ। 

उनले अटेरी गर्नेलाई स्थानीय स्वायत्त शासन ऐनअनुसार नगरपालिकाले कारबाही गर्ने बताए । अधिकृतले कारबाही गर्ने बताए पनि हालसम्म नगरपालिकाले सडकपेटीमा सामान राखे वापत कसैलाई कारबाही भने गरेको छैन ।

यता उद्योगी व्यापारीहरूको छाता संगठन उद्योग वाणिज्य संघ सिन्धुलीले पनि सडकपेटीका सामान हटाउन आफ्ना व्यापारीलाई प्रेरित गर्नुपर्ने हो । तर संघ पनि यो विषयमा चुप बसेको सरोकारवालाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२