अब, सिन्धुलीमा नै ई-पासपोर्ट (विद्युतीय राहदानी) को काम हुने (प्रक्रिया सहित)



जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भोलि देखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को लागि आवेदन संकलन गर्ने भएको छ।

वैदेशिक यात्राका लागि यसअघि प्रयोग हुँदै आएको मशीन रिडेबल पासपोर्ट (एमआरपी) सट्टामा प्रयोग हने विद्युतीय राहदानी (ई-पासपोर्ट) सिन्धुलीमा माघ १७ गतेबाट जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आवेदन संकलन गर्न लनगेको हो।

सुरुका दिनमा परीक्षणको रूपमा दैनिक ५ वटा सीमित सङ्ख्यामा मात्रै राहदानी वितरणको आवेदन लिइने र पछी क्रमशः सँख्या वढ्दै जाने साहयक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाले जानकारी दिए।

ई-पासपोर्टको आवेदन अनलाईन गर्नु पर्छ ।

के के कागजात चाहिन्छ ?
. राष्ट्रिय परिचयपत्र भर्दा प्राप्त भएको containment Page यह मन्त्रा
• सक्कल नागरिकता अन्यत्र जिल्लाको नागरिकता भए, यस जिल्लामा विवाह/वसाइ सराइ गरि आएको भए विवाहदर्ता/बसाइ सराइ दर्ता प्रमाणपत्र
• नावालकको हकमा नावालक परिचयपत्र र वावु/आमाको नागरिकता

अनलाइन Appointment लिन कहाँवाट फारम भर्ने ?

• इन्टरनेट सुविधा भएको जुनसुकै स्थानबाट आफैले फारम भर्न सकिन्छ ।
वा
• फारम भर्ने सहयोगी कम्प्यूटर स्टेशन (साइवर क्याफे) मार्फत पनि भर्न सकिन्छ ।

राहदानीको निवेदन दिने तरिका

१. अनिवार्यरुपमा अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । छिटो बुकिग गर्नेको पालो पहिले आउँछ ।
२. अनलाइनमा यो लिङ्कमा जाने emrtds.nepalpassport.gov.np
३. Apply for Passport राहदानीको लागि आवेदन मा जाने
४. पहिलो पटक राहदानी बनाउने वा हस्तलिखित हुनेहरुले नयाँ (New) भन्ने Option छान्ने
५. पुरानो मेशिन रिडेबल राहदानी हुनेहरुले नबीकरण (Renewal) मा जाने
६. आफूलाई चाहिने पेज संख्या छनौट गर्ने ordinary 34 pages वा Ordinary 66 pages छान्ने ३४
पेजको लागि पाँच हजार र ६६ पेजको लागि दश हजार रुपैया दस्तुर लाग्दछ ।
७. I agree स्वीकृत छ मा थिच्नुहोस्।
८. यसपछि प्राप्त हुने देहायका शिर्षक अन्तर्गतका फारमहरु सवै भर्ने ।

फारम भर्दा विशेष ध्यान दिनुपर्ने कुराहरु

. नामको विचको नाम जस्तै प्रसाद, देवी, कुमारी आदि भए First Name अन्तर्गत भर्ने ।
• राष्ट्रिय परिचयपत्र नम्वर National Identity Number (NIN) अनिवार्य रुपमा भर्ने ।
• citizenship Number or Permit Number लेख्दा नागरिकतामा भएका नम्वरहरुमात्र सिलसिलेवार रुपमा लेख्ने जस्तै नागरिकता नम्वर 20-10-76-03624 भए 20107603624 लेख्ने (ड्यास नराख्ने), 201029/110 भए 201029110 लेख्ने (स्ल्यास / नराख्ने)

९. फारम सम्पूर्णरुपमा भरिसकेपछि भरिएका विवरणहरु एकिन गरी ठिक भएका Next मा थिच्ने ।
१०. डकुमेन्टहरु स्क्यान गरी अपलोड गर्ने । (प्रति स्क्यान ४०० केवी सम्मको हुनुपर्ने)
११. नावालक भए Minor मा टिक लगाउने अन्यथा Major मा टिक लगाउने ।
१२. अनिवार्य रुपमा नागरिकताको अघिल्लो भाग र पछिल्लो भाग Citizenship Certificate Front * र Citizenship Certificate Back * मा अपलोड गर्ने ।

१३. अन्यत्र जिल्लाको नागरिकता भएका र यस जिल्लामा विवाह गरि आएका महिलाको हकमा Marriage
Registration को स्थानमा विवाहदर्ता प्रमाणपत्र अपलोड गर्ने ।

१४. नागरिकतामा पति/पत्निको नाम भएको तर सम्बन्ध विच्छेद भइसकेको भए Divorce Certificate को स्थानमा सम्बन्ध विच्छेद दर्ता अपलोड गर्ने ।
१५. राष्ट्रिय परिचयपत्र (वा परिचयपत्र भर्दा प्राप्त भएको Confirmation Page) National elD भन्ने स्थानमा अपलोड गर्ने ।
१६. अन्य केही कागजात अपलोड गर्नुपर्ने भएमा Any other supporting document भन्ने स्थानमा अपलोड गर्ने ।
१७. आफुलाइ उपयुक्त हुने स्थान, मिति र समय छनौट गरी Appointment लिनुपर्छ । यसका लागि Appointment Province HT Bagmati, Appointment District HI Sindhuli Appointment Location मा Sindhuli छान्नुहोस् ।

१८. उपलब्ध रहेका दिनमा छनौट गरी समय छान्न सकिन्छ ।
१९. तोकिएको कोटा पुरा भएको भए The appointments slots are fully booked भन्ने message देखाउँछ । यस्तो अवस्थामा अर्को दिनका लागि छनौट गर्नुपर्छ ।

२०. यस पछि राहदानी आवेदन फारम प्राप्त हुनेछ । यस फारमलाई प्रिन्ट गर्ने ।

Appointment मिति मा के गर्नुपर्छ ?

२१. Appointment तोकिएको मितिमा बैङ्कमा गइ तोकिएको राजश्व रकम तिर्ने
२२. Appointment तोकिएको मितिमा कार्यालयको कोठा नं १०७ मा देहायका कागजात सहित व्यक्ति स्वयम उपस्थित हुने
• अनलाइन भर्दा प्राप्त भएको राहदानी आवेदन फारम
• भौचरको सक्कल र फोटोकपी १ थान
• राष्ट्रिय परिचयपत्र भर्दा प्राप्त भएको Confirmation Page
• सक्कल नागरिकता
• अपलोड गरिएका अन्य कागजातहरुको सक्कल (केही भए) फोटो सम्बन्धमा

२३. ई-पासपोर्टका लागि फोटो कार्यालयमा नै खिचिने भएको हुँदा Appointment तोकिएको मितिमा आउँदा स्वभाविक मात्र देखिने गरी पहिरन, गरगहना, मेकअप, दारी-कपाल जस्ता विषयमा ध्यान पुर्याउनुपर्छ ।

राहदानी कहिले उपलब्ध हुन्छ र को आउनु पर्छ

२४. लाइभ इनरोलमेन्ट भइसकेपछि सामान्यतया २० दिन भित्र राहदानी उपलब्ध हुनेछ ।
२५. राहदानी लिन व्यक्ति स्वंयम राहदानी फारम र राजश्व वुझाएको भौचर सहित आउने ।

अन्य जानकारी

२६. भरेको निवेदन सच्याउन र लाइभ इनरोलमेन्टको लागि बुक गरेको मिति १५ दिन भित्र परिवर्तन गर्न सकिन्छ ।
२७. लाइभ इनरोलमेन्टका लागि भरेको निवेदन हरायो भने पुन: लग इन गरेर अर्को प्रिन्ट निकाल्नु पर्छ ।
२८. लाइभ इनरोलमेन्टको लागि लिएको दिन सार्वजनिक बिदा परेमा अर्को समय बुक गर्नु पर्छ ।

epassport



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स