
सिन्धुली । नेपाल एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
महँगी नियन्त्रणलगायतका मागसहित ती संगठनहरुले आइतबार साँझ सिन्धुलीमाढीमा राँके जुलुस निकालेका हुन् ।
जुलुस एमाले पार्टी कार्यालय बाट सुरु भएर बजार परिक्रमा गरी लोकतान्त्रीक चोकमा कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनकारीले गठबन्धन सरकारको राजीनामा र मन्त्री रेणुकुमारी यादवको बर्खास्तीको माग गरेका थिए ।भने स्थानीय तहको चुनावको तत्काल मिति तोक्न समेत माग गरेका थिए।