
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले स्थगित गरेको अत्यावश्यक बाहेक अन्य सेवा पुनः सुचारु गरेको छ ।
माघ १० मा सूचना जारी गरेर अत्यावश्यक बाहेकको सबै सेवा बन्द गर्ने निर्णय गरेको प्रशासनले सेवा पुनः आजबाट सुचारु गरेको हो।
नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र र राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सम्बन्धी सेवाहरू नियमित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाले जानकारी दिए।
साथै, माघ ७ गतेबाट लागू भएको आलो पालो सिस्टम भने यथावत रहने कार्यालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुसः