ल्होछारमा तीन दिन बिदा



सिन्धुलीमाढी। तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा हरिहरपुरगढी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष)का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

तामाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकाले ल्होछारको दिन १९ गते परेकाले सो दिनको एक दिनअघि र एक दिनपछि गरी तीन दिनसम्म सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष कार्साङ लामाले बताए। ‘विगत वर्षझैँ यस वर्ष पनि ल्होछारका अवसरमा तीन दिनसम्म पालिकाअन्तर्गत सबै कार्यालयहरू, सम्पूर्ण शैक्षिक संस्थाहरू, सङ्घसंस्था, बैंक तथा वित्तीय संस्थाहरू सो अवधिभर बन्द रहनेछ,’ अध्यक्ष लामाले भने, ‘तामाङ समुदायको बाहुल्य रहेको पालिकाभित्र संविधानले दिएको अधिकारको प्रयोग गरी तीन दिनसम्म सार्वजनिक बिदा दिँदै आएका छौं।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका