अनेमसंघ सिन्धुलीद्वारा प्रजिअ मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र, निर्वाचनको मिति घोषणा गर्न माग



सिन्धुलीमाढी । अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । संघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

आज संघका जिल्ला सचिव पार्वती भट्टराईले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापनपत्र बुझाएकी थिइन् । ज्ञापनपत्रमा संवैधानिक व्यवस्थालाई नजरअन्दाज गर्दै संविधान र कानुन विपरित स्थानीय निर्वाचन समयमा नगर्ने षड्यन्त्र भईरहेको जनाईएको छ ।

ज्ञापनपत्रमा अगाडि भनिएको छ “स्थानीय तहलाई जनप्रतिनिधिविहिन बनाउने कार्यलाई अस्वीकार गर्दै संविधानको पालना गर्न गराउन सरकारको ध्यानाकर्षण गराउँदछौं ।” जिल्ला भट्टराईले निर्वाचन नगर्ने बदनियतले संविधानको धारा २२५ र स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बाँझिएको भन्ने भनाई भ्रमपूर्ण रहेको बताइन् । उनले निर्वाचनबाट जनमत प्राप्त गर्न नसकिने डरले अप्राकृतिक गठबन्धनलाई कृत्रिम रुपमा लव्याउने चलखेल भईरहेको समेत आरोप लागाइन्।

महिला तथा बालिकामाथि भएका बलात्कार लगायत अन्य यौनजन्य हिंसा अन्त्यका लागि तत्काल पीडकहरुलाई कारवाही गर्न संघले माग गरेको छ । बढ्दो महँगीका कारण दैनिक जीवनस्तर चलाउन गाह्रो भएकले अतिआवश्यक वस्तुहरुको मूल्य घटाउन ज्ञापनपत्रमा जोडदार माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर