
सिन्धुलीमाढी। मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका एम्बुलेन्स प्रदान गरेको छ ।
आज एक कार्यक्रमका बिच मारुती सिमेन्ट प्रालि का सञ्चालक राजेन्द्र राउतले मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए।
मारुती सिमेन्टको लागि सिन्धुलीको ककुरठाकुर बाट विगत १७ वर्षदेखि ओम शिवम् मल्टिप्रपोज ले चुनढुंगा उत्खनन गरिरहेको छ। त्यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत मारुती सिमेन्ट प्रालिले एम्बुलेन्स सहयोग गरेको हो।
मारुती सिमेन्टले दिएको एम्बुलेन्स दुधौली नगरपालिका- १४ ककुरठाकुरका वडाअध्यक्ष लिलबहादुर थापा मगरलाई जिम्मा लगाएको मेयर घनश्याम राउतले बताए। ककुरठाकुर आसपासका स्थानीय हरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको राउतले जानकारी दिए।