‘अचम्म’को गाडीमा लागूऔषधसहित युटुबर चेतन कार्की सिन्धुलीबाट पक्राउ



सिन्धुली । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले प्रयोग गर्दै आएको ‘चेतन व्लग’ आवरणको मिनी ट्रकलाई रोकी चेकजाँच तथा खानतलासी गर्दा ४.१३० ग्राम गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

उनले लगाएको खैरो रंगको ट्रयाकको दाहिने खल्तीबाट खैरो हेरोइन र उनले चलाएको गाडीमा राखिएको गोल्डेन रंगको गितारको कभरबाट ६.९४० ग्राम जाँजा बरामद भएको जिल्ला प्रहरी सिन्धुलीका डिएसपी मनोज लामाले जानकारी दिए ।

उनले प्रयोग गर्दै आएको मिनी ट्रक शंकास्पद थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुशी बस्ने ३७ वर्षीय चेतनले चलाएको बागमती प्रदेश ०१–००३–क ९१८२ नम्बरको मिनी ट्रकलाई प्रहरी रोकेर चेकजाँच गरेको थियो ।

हेर्दै अचम्म खालको गाडी देखिएपछि प्रहरीले खानतलासी गरेको प्रहरीले बताएको छ । गाडीभित्रै बेडरुम, किचेन, बाथरुम र स्टुडियोको रुपमा प्रयोग गर्दै आएको पाइएको छ ।

गाडीलाई मोडीफाइ गरी उनले गाडी भित्रै गीत रेकर्ड गर्न सकिने प्रविधि जडान गरिएको पाइएको प्रहरीले बताएको छ ।

सो मिनीट्रक बर्दिबासबाट धुलिखेलतर्फ जाँदै गर्दा प्रहरीले चेकजाँच गरेको थियो । सदा जस्तै प्रहरीले नियमित चेकजाँच गर्दै गर्दा युटुबर कार्कीले प्रयोग गर्ने गाडीमा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कार्कीलाई जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी लामाले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर