यस्ता छन्: एमालेका चुनावी प्रतिस्पर्धी



सिन्धुली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न पदमा आकांक्षा राखेर टिकटका लागि प्रयास गर्ने नेताहरूको संख्या बढ्न थालेको छ । सत्ताघटक दलहरू गठबन्धनको तयारीमा रहेकाले गठबन्धन गरेर चुनाव जित्ने रणनीतिमा छन् । गठबन्धन सँग एकल चुनाव भिड्नु पर्ने एमालेका नेताहरू यतिबेला गठबन्धनको वास्ता नगरि टिकटका लागि शक्तिकेन्द्रको प्रयोगमा सक्रिय भएका छन् ।

जिल्ला सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकामा एमालेबाट अहिले तीनजना प्रतिस्पर्धी देखिएका छन् । बर्तमान मेयर खड्गबहादुर खत्री, अघिल्लो पटक खत्रीलाई सर्वसम्मत बनाउन दाबेदारी त्यागे का महेन्द्रदेव श्रेष्ठ र वर्तमान उपमेयर मन्जु देवकोटा अहिले कमलामाई नगरको मेयरको प्रमुख आकांक्षी रहेका छन् । वर्तमान मेयर खत्री नेकपा विभाजनको समयमा समानान्तर कमिटी हुँदै, पुन एमालेमा नै फर्किएकाले एमाले पङ्क्तिबाट नै कम रुचाइएका छन् । तर अन्य पार्टीको समेत मत तान्न सक्ने व्यक्तिको रुपमा उनलाई लिइएको छ भने पाँच वर्षमा सामान्य स्तरका जनताको सेवामा बढि काम गरेकाले तीन/चार हजार मत व्यक्तिगत सम्बन्धका आधारमा थप आउने भन्दै खत्रीले आफू बलियो उममेदवार भएको दावी पेश गर्ने गरेका छन् । मेयरका अर्का आकांक्षी श्रेष्ठ पाँच वर्ष पूरै मेयर कै लागि तयारी गरेको, जिल्ला सदरमुकामको खानेपानी व्यवस्थापनमा कुशलतापूर्वक काम गरेर उदाहरणीय बनेको, जातीयताका कारण पाटी बाहेकको थप मत ल्याउन सक्ने, पार्टीका कार्यकर्ताको पूर्ण सहयोग रहने लगायतका आफ्ना राम्रा पक्षलाई अगाडि सारेर मेयरमा दावी पेश गरेका छन् भने वर्तमान उप मेयर देवकोटाले मेयरमा दावी गरेपछि पुन उपमेयरमा स्थान पाईन्छ कि भनेर दावी गरेको बताइन्छ । खासमा उनको दाबेदारी उपमेयर मै हो तर मेयरमा दावि गरेपछि उपमेयरमा राखी हाल्छन् कि भन्ने अपेक्षा हो । एक एमाले नेताले बताए ।  

वर्तमान उपमेयर भन्दा कमलामाईमा उपमेयरका लागि अन्य दुई जना महिलाहरू रहेको छ । अनेमसंघ नेतृ पार्वती भट्टराईले कमलामाईको उपमेयरको लागि एमालेबाट सबैभन्दा शसक्त उमेदवारको रुपमा दाबेदारी पेश गरेकी छिन् । २०७४ मङ्सिरमा एमाले माओवादी गठबन्धनमा भएको निर्वाचनमा प्रदेश सभाका लागि नाम सिफारिस भएकी भट्टराईले सिनियर नेता भनेर केशव देवकोटा लाई सहयोग गर्न टिकटका लागि केन्द्रिय लविङ नगर्दा प्रदेश सांसदको टिकट विनोद खड्काको हातमा पुगेको थियो । केन्द्र सम्म राम्रो पहुँच भएकाले प्रयास गर्दा उप मेयरको टिकट सजिलै हात लगाउन सक्ने क्षमता उनमा देखिन्छ । टिकट मात्रहोइन गठबन्धन नै हुदा पनि चुनाव नै जित्न सक्ने क्षमता भट्टराईमा रहेको एमाले बृत्तमा अहिले चर्चा हुने गरेको छ । मेलमिलापकर्ताको रुपमा लामो समय जिल्लामा काम गरेकी भट्टराईं उपमेयरको पदिय जिम्मेबारी अनुसार कार्यसम्पादन गर्न सक्ने क्षमतावान पदले मागेको व्यक्ति पनि हुन । एमालेको एउटा पक्ष अहिले भट्टराईलाई टिकट दिलाउन सके जुनसुकै परिस्थितिमा चुनाव जित्न सकिने आकलन सहित सर्वसम्मत उपमेयरको टिकट दिन प्रयासरत रहेको पाईन्छ ।

त्यसैगरी उपमेयरमा एमाले एमाले सिन्धुलीकी उप-सचिव एवम् अनेमसंघ स्थायी कमिटी सदस्य रश्मिला देवकोटाको पनि चर्चा रहेको छ । गोलन्जोर गाउँपालिका ७ खुर्कोट घर भएका देवकोटाले कमलामाईमा पदको दावी गर्नका लागि नै आफ्नो मतदाता नामावली सारेर वडा नं. ६ को मतदाता बनेका छन् र अहिले उप मेयरको दावी सुरु गरेका छन् । गत स्थानीयतह निर्वाचनमा गोलन्जोर गाउँपालिकाको उपाध्यक्षमा गरेको दावी गरेकीन देवकोटाले मतदाता नामावली कमलामाई नगरपालिकामा सारेका हुन । तर उनीले पार्टीको गतिविधिमा भने गोलन्जोर गाउँपालिका बाट नै प्रतिनिधित्व गर्ने गरेका छन् ।

जिल्लाको अर्को नगरपालिका दुधौलीमा एमालेबाट दुई जना मात्र आकांक्षी रहेका छन् । वर्तमान मेयर घनश्याम राउत र नगर कमिटिका अध्यक्ष लक्ष्मण कार्की एमालेका दुई दावेदार हुन । विपक्षि गठबन्धन भएको खण्डमा राउत नै मेयरका बलिया उममेदवार हुने एमाले बृत्तमा चर्चा छ भने गठबन्धन भएपनि भिड्ने मुडमा कार्की रहेको उनि निकटकाले बताएका छन् । दुधौलीमा बर्तमानउप मेयर बालकुमारी अधिकारी नै दोहोरिने प्रबल सम्भावना रहेको छ ।

तीनपाटन गाउँपालिकामा वर्तमान उपाध्यक्ष पदम माया तामाङ र गत निर्वाचनमा १९ मतले पराजित अध्यक्ष उममेदवार छत्र दाहाल एमालेका बलियाउ मेदवार हुन । एमाले नेता प्रलाद पोखरेल पनि टिकटका आकांक्षी भएपनि दाहाल र तामाङ विचमा नै टिकटका लागि कडा प्रतिस्पर्धा हुने देखिन्छ । अध्यक्ष हारेर पनि उपाध्यक्ष जितेकाले तामाङ्को यो पटक जोडदार दावी रहने देखिएको छ । १९ मतले अध्यक्ष हारे पनि तामाङले उपाध्यक्षमा सात सय पचास भन्दा बढि मतअन्तरले जितेकी थिइन । उनले निर्वाचित काङ्ग्रेसका अध्यक्षको भन्दापनि बढि मतल्याएको र यो विचमा उपाध्यक्षको भूमिकामा निकै लोकप्रिय र प्रभावकारी कामहरु गरेकाले गठबन्धन भए पनि चुनाव जित्न सक्ने भन्दै टिकटका लागि दावी पेश गरिरहेकी छिन् । तिनपाटनमा झिनो मतअन्तरले पराजित छत्र दाहालले पनि यो पटक पाँच वर्ष पुरै तयारी गरेकाले राम्रो माहोल निर्माण गरेको एमाले नेताहरुले बताएका छन् ।

गत निर्वाचनमा एमालेले जितेको अर्को पालिका फिक्कलमा पाँच सात जना अध्यक्षका दावेदार रहेका छन् । वर्तमान अध्यक्ष धनबहादुर कार्कीले ठूलो दाबेदारी पेश नगरे पनि वर्तमान उपाध्यक्ष पार्वती सुनुवार, ५ नम्बर वडाका वाड अध्यक्ष राजु बराल, एमाले गाउँकमिटिका अध्यक्ष रामप्रसाद भण्डारी, माओवादीबाट एमालेमा प्रवेश गरेका गत निर्वाचनमा माओवादीका तर्फबाट उमेबार बनेका धिरज रजन मगर लगायतले दाबेदारी पेश गरेका छन् । स्थानीय एमाले नेताको भनाईमा सहमतहुने हो भने फिक्कलमा राजु बराल र रामप्रसाद भण्डारी सबैभन्दा बलिया उमेदवार हुन । उनिहरु दुई मध्य जो कोहि लाई टिकट दिदा एमालेले गठबन्धनको बाबजुद पनि जित निकाल्न सक्छ । अझ बराललाई टिकट दिने हो भने फिक्कलमा जित सुनिश्चितहुने एमाले नेताहरूको बुझाई रहेको छ ।

गत निर्वाचनमा दोस्रो भएको जिल्लाको गोलन्जोर गाउँपालिकामा एमालेको स्थिति लगभग उस्तै रहेको छ । अघिल्लो निर्वाचनमा दुई वडा जितेको एमालेले यो पटक गोलन्जोरमा थप दुई जित निकाल्ने गरि तयारी गरेको छ। भने गठबन्धन हुदा माओवादीको पूर्ण मत कांग्रेसमा नजाने आन्तरिक विवादका कारण चुनाव जित्न सकिने एमालेको मूल्याङ्कन रहेको छ । त्यहा पार्टी सचिव नारायण बराल, एमाले नेता संकर बराल, गत निर्वाचनका पराजित अध्यक्ष उममेदवार टिका बहादुर देवकोटा लगायत टिकटका आकांक्षी रहेका छन् । आकांश मध्य शंकर बराज सबैभन्दा अब्बल उमेदबारको रुपमा रहेका छन् ।

जिल्लाको सुनकोशी गाउँपालिकामा गत निर्वाचनमा तेस्रो भएको एमाले अहिले बलियो शक्तिको रुपमा उभिएको छ । तीनवटा वडा जितेको एमालेमा यो पटक माओवादीबाट एमालेमा आएका अशोक गिरी, कमलदाहाल सहित गत निर्वाचनमा पराजित भएका उममेदवार कौशल कोइराला र रामकृष्ण श्रेष्ठ समेतको अध्यक्षमाचर्चा रहेको छ । माओवादी र कांग्रेसले गठबन्धन गरेर चुनाव लडेमा कांग्रेसको मत एमालेमा आउन सक्ने भएकाले त्यहाँ पनि टिकटका लागि एमाले भित्र ठूलै कसरत हुने देखिन्छ ।
जिल्लाको घ्याङ्लेख, मरिण र हरिहरपुरगढी गाउँपालिका साविककै उमेदबारहरुले चुनावी मोर्चा सम्हाल्ने सम्भावना रहेको छ ।यद्यपि हरिहरपुरगढी गाउँपालिकामा ३ वडा वडा जितेको र दुईवटा वडामा अत्यन्तै झिनो मतअन्तर २० भोट भित्रले वडा अध्यक्ष गुमाएको एमाले यो पटक पाँच वडा सहित पालिकामा जित निकाल्ने तयारीमा छ । गत निर्वाचनमा एउटा पनि वडा नजितेको मरिण गाउँपालिकामा यो पटक एमालेले वडाको चुनाव जित्ने गरि तयारी गरेको छ । माओवादीमा टिकटको भागबण्डामा असन्तुष्ट बनेकालाई हातमा लिएर एमालेले  आफ्नो चुनावी तिविधि अगाडि बडाउने छ ।

 गत निर्वाचनमा तीन पालिका प्रमुख, ४ उपप्रमुख ३२ वटा वडा जितेको एमाले यो पटक गठबन्धनका बाबजुद पनिजित निकाल्ने प्रयासमा हुने छ । गठबन्धनमा हुने असन्तुष्टि, पदको भागबण्डाको बेमेलको फाईदा उदाउदै अब्बलउमेदबारलाई टिकट दिने रणनिति एमाले बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका